ताजा समाचार

हिंसाका घटना अनलाइनमार्फत दर्ता

काठमाडौँ, १५ मंसिर । आगामी मंसिर २५ गतेदेखि सबै खालका हिंसाका घटना अनलाइनको माध्यमबाट दर्ता गराउन सकिने भएको छ । अस्मिता महिला प्रकाशन गृह, एक्सन एड इन्टरनेशनल नेपाल र राष्ट्रिय महिला अधिकार मञ्चद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय महिला सम्मेलनमा सो जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रिय महिला आयोगका सचिव तुलसीराम सेढाईले देशको कुनै पनि स्थानमा भएको हिंसाका घटनाका छिटो दर्ता र न्याय दिनका लागि आयोगले यस किसिमको अध्यास गर्न लागेको जानकारी दिदैं हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकका दिनसम्म मनाउँदै आएको महिला हिंसाविरुद्धको १६ दिने अभियान पारेर अनलाइनमार्फत हिंसाका घटना दर्ता गर्ने कार्य शुरु गर्न लागिएको हो भन्नुभयो ।

वरिष्ठ अनुसन्धाकर्ता डा मीना आचार्यले महिला सशक्तिकरण गर्नुपर्नेमा जोड दिनुभयो । महिलाको पारिश्रमिक बिनाको सेवामूलक कार्यको पहिचान र आर्थिक सशक्तीकरण सुनिश्चिताका विषयमा शुरु भएको सो दुई दिने सम्मेलनमा ३५ जिल्लाका २५० घरायसी कामकाजी महिलाको सहभागिता रहेको अस्मिता महिला प्रकाशन गृहका कार्यकारी निर्देशक सरिता श्रेष्ठले बताउनुभयो । श्रम विभागका निर्देशक वरुणकुमार झाले सामाजिक र संस्कृतिमा आधारित महिला आन्दोलनले उपलब्धि प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org