ताजा समाचार

गोरखामा चुनाव सकिएपछि नारायणकाजी अस्पताल भर्ना, बाबुराम तराई झरे

काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका नेता तथा वाम गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ बिरामी भएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेददवार श्रेष्ठ चुनावी दौडधूपले बिरामी भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

गत ७ गते देखि नै बिरामी रहेका श्रेष्ठ पहिलो चरणको चुनावमा मतदान गरेसँगै ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना भएका छन् । चुनावी दौडधूपले निद्रा पनि पुगेको नपुगेको र ब्लड पनि कमी भएको बताइएको छ । गोरखा क्षेत्र नम्बर २ मा श्रेष्ठसँगै नेपाली कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई चुनावी प्रतिस्पर्धामा छन् ।

भट्टराई भने चुनावी प्रचार प्रसारमा व्यस्त छन् । भट्टराई चुनावी अभियानका क्रममा राजधानी हुँदै मधेस झरेका छन् । दोस्रो चरणको निर्वाचनका लागि उनी मधेसका बिभिन्न जिल्लाको चुनावी कार्यक्रममा व्यस्त छन् । मधेशका विभिन्न जिल्लाको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले नयाँ शक्ति सँगै लोकतान्त्रिक गठवन्धनका अन्य पार्टीका लागि पनि मत माग्न पछि परेका छैनन् ।

बिहीबार झापा, मोरङ र सुनसरीको चुनावी कार्यक्रममा सहभागी भएका भट्टराई शुक्रबार सिराहा, सप्तरी र महोत्तरीको चुनावी प्रचार कार्यक्रममा सहभागी हुने नयाँ शक्ति पार्टीले जनाएको छ । त्यस्तै शनिबार सर्लाही, बारा, चितवन हुँदै नवलपरासीको चुनावी कार्यक्रममा सहभागी हुने भट्टराईको योजना छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org