ताजा समाचार

एमालेलाई भोट मागेका आरोपमा राप्रपा (प्र) का महामन्त्री लामा पार्टीबाट निष्कासित

काठमाडौं, १६ मंसिर । पार्टी हितविपरीत काम गरको भन्दै राप्रपा (प्रजातान्त्रिक) ले महामन्त्री रेशमबहादुर लामालाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीबाट निष्कासनमा परेसँगै उद्योग राज्यमन्त्री लामालाई सरकारबाट समेत हटाइने भएको छ ।

उनलाई महामन्त्री पदबाट निष्कासन गरेको जानकारीसहित पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले राज्यमन्त्रीबाट पनि हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । संविधानको धारा २९८ को उपधारा ९ (ग) मा भएको व्यवस्थाबमोजिम लामालाई राज्यमन्त्री पदबाट पदमुक्त गरी दिन सिफारिस गरेको अध्यक्ष राणाको पत्रमा उल्लेख छ ।

लामाले काभ्रेपलाञ्चोक र झापा जिल्लामा एमालेको पक्षमा भोट मागेका कारण निष्कासन गरेको हो । ‘सम्भवतः उनी चाँडै एमालेमा प्रवेश गर्नेछन्’उक्त पार्टीका एक नेताले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org