ताजा समाचार

संघीय समाजवादी फोरमका कार्यकर्ता सवार जीप खोलामा खस्दा चालकको मृत्यु

गौर, १७ मंसिर । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जीप गएराति खोलामा खस्दा चालकको ज्यान गएको छ । बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जीप भकुवा खोलामा खस्दा चालक भारतको बिहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातजना घाइते भएका छन् ।

घाइते दुईजनालाई स्थानीय अस्पतालमा तथा पाँचजनालाई नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरी उपरीक्षक विनोद पोखरेलले जानकारी दिए ।

रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा कार्यकर्ता चढेको उक्त जीप दुर्घटनामा परेको हो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org