ताजा समाचार

निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने – सञ्चारमन्त्री मोहनबहादुर बस्नेत

धनगढी, १७ मंसिर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने बताउनुभएको छ । छब्बिऔँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेतासमेत रहेका बस्नेतले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने भएकाले विवेक पु¥याएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा आपाङ्ग भएका व्यक्तिको पनि ठूलो योगदान रहेको उल्लेख गर्दै उहाँले सरकार अपाङ्गको हितका लागि कटिबद्ध रहेको दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको हकहितमा कलम चलाएवापत नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष एवं रेडियो नेपालका प्रतिनिधि जगत साउद र पत्रकार शेरबहादुर ऐरलाई सम्मान गरिएको थियो । कार्यक्रममा महिला विकास अधिकृत सन्ध्या सिंहलगायतले बोल्नुभएको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org