ताजा समाचार

एम्बुस बिष्फोटमा खुट्टा गुमेकी कटुवाल नेविसंघ केन्द्रिय सदस्य मनोनित


काठमाडौं, १७ मंसिर । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नयनसिंह महरले गत बुधबार उदयपुरमा भएको एम्बुस बिस्फोटमा गरेर घाइते भएकी विद्यार्थी नेतृ मिरा कटुवाललाई संगठनको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।  नेविसंघ उदयश्री क्याम्पस उदयपुर इकाई अध्यक्ष कटुवाललाई संगठनको विधान बमोजिम अध्यक्ष महरले केन्द्रीय सदस्य मनोनयन गरेका हुन ।

चुनाव प्रचारप्रसारका क्रममा गत बुधवार उदयपुरमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस उम्मेदवार नारायण कार्कीसहितको टोलीमा रहेकी कटुवालले अज्ञात समुहको एम्बुस बिस्फोटबाट एउटा खुट्टाको घुडामुनीको भाग गुमाएकी छिन् । कटुवालको अहिले त्रिवी शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

अध्यक्ष महरले विद्यार्थी आन्दोलनमा कटुवालले पुर्‍याएको योगदानको सम्मानका लागि संगठनको केन्द्रीय सदस्यमा मनोनित गरेको बताए । ‘संगठनले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा अज्ञात समूहको आक्रमणमा परि सक्त्त घाइते भएकी कटुवाललाई सम्मानस्वरुप केन्द्रिय सदस्यमा बढुवा गरेको हु’ अध्यक्ष महरले भने ‘उनलाई गरेको सम्मानले अन्य नेविसंघका कार्यकर्तालाई पनि कर्तव्यनिष्ट भएर काम गर्नेलाई संगठनले सम्मान जुनसुकै वेला सम्मान गर्छ भन्ने धारणाको विकास हुन्छ भन्ने मेरो आशा हो ।’

घाइते कटुवालले केन्द्रिय सदस्यमा मनोनित भएको पत्र बुझेपछिसंगठनले आफुलाई गरेको सम्मानले हर्षविभोर भएको बताइन । ‘मलाई संगठनले सम्मान स्वरुप केन्द्रिय सदस्यमा मनोनयन गर्ला भन्ने सोचेकी थिइन, मेरो लगनशीलताको सम्मान संगठनबाट भएकोमा खुसी छु’ घाइते कटुवालले भनिन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org