काठमाडौँ ७ मा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा
काठमाडौँ, १७ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको छ । यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा दुबै गठबन्धनका उम्मेदवार तटस्थ मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलो र चुनावी सभामा सक्रिय छन् ।
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि रामवीर मानन्धर, प्रदेश (क) मा वसन्त मानन्धर र प्रदेश (ख) मा प्रकाश श्रेष्ठ हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि राप्रपाका केन्द्रीय सदस्य विक्रमबहादुर थापा चुनावी मैदानमा हुनुहुन्छ । उहाँ महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारीमा पनि हुनुहुन्छ । प्रदेशसभाका दुबै उम्मेदवारमा नेपाली काँग्रेसका तर्फबाट क्रमशः विजयबहादुर माली र धर्मराज अर्याल हुनुहुन्छ ।
प्रतिनिधिसभामा विभिन्न दल तथा स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दिएका छन् । कम्युनिष्ट आन्दोलनका विशिष्ट नेता निर्मल लामाको सपना साकार पार्न भन्दै उहाँका छोरा निमा फिन्जो लामाले कलम चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएपछि यस निर्वाचन क्षेत्रको चुनावी माहोलमा रौनकता थपिएको छ । सोही क्षेत्रमा विसं २०७० बाट निवार्चित हुनुभएका मानन्धर जनतामा भिजेका नेता हुन् ।
उम्मेदवारहरुले मतदातालाई विभिन्न अवसर उपलब्ध गराउने आश्वासन दिने मात्र हैन खानेपानी, ढल व्यवस्थापनजस्ता स्थानीय पूर्वाधार विकास विषयलाई पहिलो प्राथमिकतामा राखेको बताइआएका छन् । काठमाडौँ महानगरपालिका १६, १७, १८ र २५ वडा, तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा तथा नागार्जुन नगरपालिकाका १,२ र ३ वडा यस क्षेत्रमा कायम गरिएको छ । यहाँ ५७ हजार ५८८ मतदाता रहेका छन ।
ग्रामीण भागमा करिब चार हजार भूकम्प प्रभावितलाई सरकारले दिने भनेको रु तीन लाख उपलब्ध गराउने प्रतिवद्धता पनि उम्मेदवारहरुले जनाइरहेका छन् । यहाँ यिनै भूकम्पपीडित जनता निर्णायक हुन सक्ने भएकाले नेताहरु उनीहरुको विश्वास जित्न लागिपरेका छन् । उम्मेदवारले तटस्थ मतदातालाई आफ्नो पक्षमा पार्न हरियाली पार्क, खेल मैदान निर्माण, स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्म ढलान, आठ माइल डाँडागाउँलाई पर्यटकीय स्थल बनाउने लगायतका प्रतिवद्धता जनाइरहेका छन् ।
निर्वाचनमा मतदातालाई फकाउने र विजय भएपछि फर्केर नआउने उम्मेदवारको विकल्प खोज्न यहाँका मतदाता लागिपरेका छन् । स्थानीय तहका १० वडामध्ये छवटामा नेकपा (एमाले) र बाँकीमा नेपाली काँग्रेस विजय भएको थियो र यो निर्वाचनको मत परिणाम पनि यही समीकरणले निर्धारण गर्ने अनुमान कतिपयको छ ।
महानगरपालिकाभित्र नेवार समुदायको बढी घनत्व रहेको छ । दुबैतर्फका उम्मेदवार जातीय मत आफूतिर तान्ने होडमा लागेको देखिन्छ । रासस
Comments
अरु समाचार
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...