ताजा समाचार

दुर्घटनामा सहचालकको मृत्यु

धादिङ, १८ मंसिर । धुनिबेँसी नगरपालिका–६ चालिसेमा आज भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख ७४०७ नं को टिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो ।

विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो । सो घटनामा चितवनको खुरखुरे–११ घर भएका टिपर चालक ३५ वर्षीय राजेश लामा घाइते भएका छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org