ताजा समाचार

चुनावी रौनकता छैन पाल्पाका बोटे समुदायमा

पाल्पा, १८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन केही दिन मात्र बाँकी रहँदा पाल्पाका बोटे समुदायमा अझै चुनावी चहलपहल देखिएको छैन । आगामी मंसिर २१ गते हुने निर्वाचनमा दलका नेता कार्यकर्ता भोट माग्दै सभा, सम्मेलन र घरदैलोमा जुट्दा पुख्र्यौली पेसामै जीवन निर्वाह गर्ने बोटे समुदायमा चुनावी उत्साह नै छैन ।

पाल्पाको बग्नासकाली गाउँपालिका–७, दैलातुङका बोटे समुदायमा चुनावभन्दा साँझ बिहान छाक कसरी टार्ने भन्ने निकै चिन्ताले सताइरहको छ । कालीगण्डकी नदीबाट डुंगा तारेर दैनिक गुजारा चलाउँदै आएका बोटे समुदाय सो नदीमा पुल बनेपछि आयआर्जनको स्रोत गुमेकाले समस्यामा परेका हुन् ।

बोटे समुदायका मानिसले दलका स्थानीय तहका नेतासँग गाँस बाँस र कपास नै आफूहरुको पहिलो मुद्दा रहेको बताउँदै आएका थिए । दलका प्रभावशाली नेतालाई बोटे बस्ती कस्तो छ भन्ने नै थाहा छैन ।  डुंगा चलाउने पेशाबाट विस्थापित भएपछि बग्नासकाली दैलातुङ्गका १७ घर बोटे परिवारका नाना चाचा र पालनपोषणका लागि खर्च जुटाउन ज्याला मजदुरी गनुपर्ने वा भारत जानुपर्ने बाध्यता रहेको बाटे समुदायका अगुवा गजवीर बोटेको दुखेसो छ ।

चुनाव नजिकिँदै गर्दा माग्न पुगेका सबै दलका नेता तथा कार्यकर्ताले आश्वासन बाहेक उनीहरूसंग प्रत्यक्ष भेटका पनि छैनन । चुनाव जितेपछि उम्मेदवार गाउँ नै नपस्ने गरेकाले अब हुने निर्वाचनमा कसलाई भोट दिने भन्नेमा उनीहरू अन्यौलमै छन् । जिल्लामा बगनासकाली, रम्भा गाउँपालिका र रामपुर नगरपालिकाभित्र बोटेको बस्ती छ । विसं २०६८ को जनगणनाअनुसार पाल्पामा बोटेको संख्या ८०२ पुगेको थियो, तीमध्ये पुरुष ३६१ महिला ४४२ जना थिए । पाल्पाको कूल जनसंख्याको ३१ बोटे छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org