ताजा समाचार

टुरिष्टको आरोपसँगै आरजूले धनगढीमा घर किन्दा राजेन्द्र महतोले जनकपुरमा घर किन्ने

जनकपुर, १८ मंसिर । राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले जनकपुरमा घर किन्ने घोषणा गरेका छन् । टुरिष्ट (बाहरिया) उम्मेदवारको आरोप लागेपछि धनुषा ३ का राजपा उम्मेदवार राजेन्द्र महतोले जनकपुरमा घर किन्ने घोषणा गरेका हुन् ।

आफू भाग्न नभई मधेस विरोधीलाई भगाउन आएको भन्दै उनले जनकपुरमा मधेस भवन बनाउने बताए । जनकपुरमा सोमबार पत्रकार सम्मेलन गरी मधेसी गठबन्धनका उम्मेदवार महतोले यो चुनावले (विमेलेन्द) निधिको शासन अन्त्य र विधिको शासन सुरुवात गर्ने दाबी गरे । आफ्ना प्रतिस्पर्धीले मतदातालाई डर धक्की दिन सुरु गरेको दाबी गर्दै उनले भने, ‘प्रशासनलाई पनि सचेत गराउँछु कि यहाँ निश्पक्ष चुनाव गराऊ । अलिकति तलमाथि भयो भने जनताले छाड्ने छैनन् ।’

मतको सुरक्षा गर्न आफू तयार रहेको भन्दै उनले निर्धक्क भएर मतदानमा आउन आहृवान गरे । कांग्रेस उम्मेदवार निधिलाई जेलमा रहेका सजंय शाहको समर्थनप्रति संकेत गर्दै उनले मधेसको राजधानी (जनकपुर) लाई अपराधिकरणतिर लैजाने खोजेको आरोप लगाए । उनले भने, अपराधमुक्त जनकपुर बनाउने अभियान हामीले सुरु गरेका छौं । कुनै पनि हालतमा जनकपुरलाई अपराधमुक्त बनाइन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org