ताजा समाचार

अपडेटः बम बिष्फोटमा घाइते हुनेको संख्या ११ पुग्यो, २ जनाको अवस्था गम्भीर, अप्रेशन गरिँदै 

काठमाडौं, १८ मंसिर । गगन थापालक्षित गरिएको बम आक्रमणमा परी घाइते हुनेको संख्या ११ पुगेको छ । काठमाडौं ४ का काँग्रेस उम्मेदवार समेत रहेका पुर्व स्वास्थ्यमन्त्री थापालाई लक्षित भएको बम आक्रमणमा परी थापासहित ११ जना घाइते भएका हुन् । बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम आक्रमण भएको हो।

थापासहित सबै ११ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ। उम्मेदवार थापालाई बमको छर्राले लागेको छ। उनको ढाडमा चोट लागेको छ। अन्य पाँच जनाको अवस्था गम्भीर रहेको जनाईएको छ ।

घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन्। घाइतेमध्ये राजकाजी श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर छ। बमको छर्रा शरीरमा लागेका कारण उनीहरुको अप्रेसन गर्ने तयारी भइरहेको छ। अस्पत्ताल परिसर बाहिर आफन्त तथा शुभचिन्तकहरुको भिड लागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org