ताजा समाचार

२२.२ मेगावाटको माथिल्लो चाकु हाइड्रोको लागि ३५ करोडको सेयर आउने

काठमाडौं, १८ मंसिर । शिवश्री हाइड्रोपावर लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि १४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । कम्पनीले सिन्धुपालचोकमा २२.२ मेगावाटको माथिल्लो चाकु हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ । आयोजना फुलपिङकटि र मारमाङ गाविसमा अवस्थित छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजनाको निर्माण अवधि केही लम्बिएको छ । ३ वर्षअघि गएको जुरे पहिरोको कारण पनि निर्माणमा ढिलाई भएको हो । प्रतिमेगावाट १३ करोड ६० लाख अनुमान गरिएको आयोजनाको लागत १८ करोड २० लाख पुगेको छ । यही कारण आयोजनाको उत्पादन पहिले तोकिएको मिति भन्दा ४ वर्ष ढिला हुने भएको छ ।

दुई महिना अघि आयोजनाको लगभग ८५ भौतिक पुर्वाधारको काम सकिएको छ । यही फागुनसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि त्यो सम्भावना कम देखिएको छ । कम्पनीले १ हजार १ सय मिटर पेनस्टक निर्माण गर्न र ५ सय ५० मिटर (२० प्रतिशत) टनेल निर्माण हुन बाँकी रहेकोले लगभग जेठसम्ममा निर्माण सकिने अनुमान इक्रा नेपालले गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org