ताजा समाचार

गगनलाई भेट्न राजन शिक्षण अस्पताल पुग्दा कांग्रेस कार्यकर्ताद्धारा दुव्र्यवहार

काठमाडौं, १८ मंसिर । बम आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका नेता गगन थापालाई भेट्न एमाले नेता शिक्षण अस्पत्ताल पुगेका छन् । काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगन थापा बम विस्फोटमा घाइते भएको खबर पाए लगतै चुनावी प्रतिस्पर्धी एमाले उम्मेदवार राजन भट्टराई शिक्षण अस्पताल पुगेका हुन् । त्यहाँ जम्मा भएको भिडले धकेलाधकेल गरेपछि राजनले गगनलाई भेट्न पाएनन् ।

भट्टराईले भने, ‘घटनाको खबर थाहा पाए लगतै अस्पताल पुगेका थिए । तर, भिडले इमर्जेन्सीमा जान दिएन, धकेला धकेल गरेर पठायो ।’ बाहिर निस्कने क्रममा भिडले नाराबाजी गर्दै दुव्र्यवहार समेत गरेको भट्टराईले बताए ।

बम विस्फोटमा घाइते भएका थापाले भने बाहिर भएको घटनाबारे अनविज्ञता प्रकट गरे । उनले भने, ‘आउने भन्ने खबर पाएपछि मैले माथि छु भनेको थिएँ । म इमर्जेन्सीमा थिइन ।’

http://news-nepal.com/691545/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org