ताजा समाचार

देशकै प्रशासनिक निकाय बालुवाटार नै असुरक्षित, सभामुखको निवासमै बम फेला

काठमाडौं, १८ मंसिर । बालुवाटरस्थित ‘भिआइपी’ क्षेत्रमै बम भेटिएको छ । प्रधानमन्त्री, प्रधानन्यायाधिश र सभामुखको सरकारी निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै बम भेटिएको हो ।

अत्याधिक सुरक्षा व्यवस्था रहेको सभामुखको सरकारी निवास अगाडिनै सोमबार बम भेटिएको हो । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेकाहरुले राखेको सो बम नेपाली सेना, सशष्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले निष्कृय पारेको छ ।

२४ घण्टा नै सीसीटिभीको निगरानी, ठूलो संख्यामा सुरक्षाकर्मी रहने क्षेत्रमा नै बम फेला परेपछि अन्य क्षेत्रको अवस्था के होला ? त्यो सहजै अनुमान लगाउन सकिन्छ । सरकार, सुरक्षा निकायले शान्ति सुरक्षाको प्रयाप्त व्यवस्था गरेको दाबी गरिरहेकै बेला उक्त बम भेटिनुले सुरक्षा चुनौती थपिएको सुरक्षाविद्हरुको विश्लेषण छ ।

यसअघि मात्रै कांग्रेस नेता गगन थापामाथि लक्षित गरेर राजधानीको चपलीटमा बम विस्फोट गराइएको थियो । विष्फोटमा थापासहित ११ जना सामान्य घाइते भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org