ताजा समाचार

पूर्वमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको घरमा बम विस्फोट

कञ्चनपुर, १८ मंसिर । पूर्वमन्त्री तथा कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार रमेश लेखकको घरमा बम विस्फोट भएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधी सभा उमेदवार रहेका लेखकको घरमा अज्ञात समूहले बम विस्फोट गराईएको हो ।

लेखकको भाषीस्थित घरमा सोमबार राति ८ बजेतिर बम विस्फोट गरिएको प्रहरीले जनाएको छ । घरको आगँनमा विस्फोट गरिएका कारण कुनै पनि क्षति हुन नपाएको प्रत्यक्षदर्शीले बताएका छन् । वम विस्फोटबाट घरमा तथा मानविय क्षति नपुगेपनि घर अगाडीको रूखमा क्षति पुगेको जनाईएको छ ।

बम कसले विस्फोट गराएको भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जनाएको छ ।

तस्बिरः किशोरप्रसाद जोशीको फेसबुकबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org