बागलुङमा एघार स्वास्थ्य संस्थाका भवन बन्दै
बागलुङ, १९ मंसिर । यस वर्ष ११ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने भएका छन् । बागलुङ नगरपालिका– १३ पैयुँपाटा र बढीगाड गाउँपालिकाको ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल र बाँकी नौ स्वास्थ्यचौकीका भवन बन्ने भएका हुन् । भीमगिठे, दगातुम्डाँडा, मालिका, पैयुँथन्थाप, भीमापोखरा, अर्गल, अमरभूमि, दर्लिङ र नारायणस्थानमा स्वास्थ्यचौकी भवन बन्नेछन् ।
शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका अनुसार भवन निर्माणको काम अघि बढाइएको छ । प्राथमिक स्वास्थ्य अस्पताल न्यूनतम १५ श्ययाको बन्ने कार्यालय प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो र चालु आवमा गरी जिल्लाभर ३७ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने प्रक्रिया अघि बढेको छ ।
स्वास्थ्य मन्त्रालयअनुसार चालु आवमा बन्ने भवन शहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गत निर्माण हुनेछन् । भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । नयाँ बन्ने भवन ‘एकीकृत डिजाइन’ का बन्ने वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताउनुभयो । जिल्लाका सबै उपस्वास्थ्य चौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नति गरेसँगै सोहीअनुसार पूर्वाधार निर्माणको कामले तीव्रता पाएको हो । “सबै स्वास्थ्यचौकीका नयाँ भवन बन्छन्, कतिपय निर्माणको अन्तिम चरणमा छन्”, प्रशासक तिवारीले भन्नुभयो ।
उहाँका अनुसार केही ठाउँमा जग्गा व्यवस्थापनमा भएको ढिलाइले निर्माण प्रभावित भएको छ । हटिया, सिगाना, लेखानी र बोङ्गादोभान स्वास्थ्यचौकीको भवन निर्माणको अन्तिम चरणमा पुगेको भवन डिभिजन कार्यालयले जनाएको छ । यस्तै अर्जेवा, हिल, बोवाङ, पाण्डवखानी, भकुण्डे, अमलाचौर, रायडाँडा र दमेक स्वास्थ्यचौकीको भवन निर्माणाधीन छ । ताराखोला, निसी, राजकुत र जलजला स्वास्थ्यचौकीको बोलपत्र आह्वान भएर सम्झौताको चरणमा रहेको जनाइएको छ ।
अमरभूमि, तित्याङ, छिस्ती, पाला र सुखौरामा सबै प्रक्रिया पूरा भई निर्माण शुरु हुने क्रममा रहेको कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले माग र आवश्यकतानुसार प्राथमिकतामा परेका स्वास्थ्य संस्थाका भवन बनाउन अनुमति दिने गरेको छ । पुराना र अस्थायी प्रकृतिका संरचनाबाट चलेका स्वास्थ्य संस्था आधुनिक र सुविधा सम्पन्न भवनबाट चल्ने वातावरण बन्दै गएको छ ।
भौतिक पूर्वाधारसँगै सेवाको गुणस्तर बढाउने काम पनि सँगसँगै गरिएको जनस्वास्थ्य प्रशासक तिवारीले बताउनुभयो । स्वास्थ्य संस्थाका भवनसँगै स्वास्थ्यकर्मीका लागि आवास गृह निर्माणको प्रक्रिया पनि अघि बढेको छ । कुश्मिसेरा र गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा १२ परिवारका लागि आवास गृह बन्ने भएको छ । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...