यमनका पूर्वराष्ट्रपती अलि अब्दुल्लाह सालेहको हत्या
काठमाडौं, १९ मंसिर । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह मारिएका छन् । भाग्ने क्रममा साउदी अरब नेतृत्वको गठबन्धको नियन्त्रणमा रहेका सालेह मारिएका यमनी हुठी समूहका उच्च अधिकारीले जनाएका छन् । सालेह, उनका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जना सोमबार खावलान जिल्लाबाट मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएका, यमनी विद्रोहीको नियन्त्रणमा रहेको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयले उक्तस्थानको भिडियोमा सालेहको मृत शरिर कैद भएको दृष्य देखिएको बताएको छ । ‘मिलिसियाका कारण सिर्जना भएको सङ्कट र मिलिसियालाई नेतृत्व दिँदै आएका पूर्व राष्ट्रपति सालेह, उनका उच्च अधिकारीसमेत मारिएका छन्,’ अल मासिराहा टेलिभिजनमा सालेहका समर्थकलाई उद्धृत गरी जनाइएको छ ।
पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुठी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए । सालेहले हुथी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन बर्ष संयुक्त रूपमा शासन सम्हालेका थिए ।
यमनी सामाजिक सञ्जालमा सालेहको मृत शरिरको भिडियोसहितका सामग्री छ्यापछ्याप्ती आउन थालेपछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सालेहको मृत्युको समाचार सार्वजनिक गरेको थियो । यमनमा तीन दशकभन्दा बढी शासन सम्हालेका ७५ बर्षीय सालेह सन् २०१२ को राजनीतिक जनआन्दोलनका बलमा पदच्युत भएका थिए ।रासस/सिन्हवा
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...