जाजरकोटमा धान उत्पादन घट्दो
जाजरकोट, १९ मंसिर । जिल्लामा विगत वर्षको तुलनामा धान उत्पादन घट्दै गएको छ । जलवायु परिवर्तन, सिँचाइ सेवाको अभाव र आधुनिक कृषि प्रणालीअनुसार खेती नगरिँदा धान उत्पादन वर्षेनी घट्दै गएको हो ।
विगत पाँच वर्षमा जिल्लामा गरिएको धानखेतीको अवस्थालाई हेर्दा वर्षेनी धान उत्पादन घट्दै गएको पाइएको हो । पाँच वर्षअघि १० हजार ४०३ मेट्रिक टन धान फलेको थियो । यसवर्ष सात हजार ३७८ मेट्रिक टन मात्र धान फलेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा श्रीराम घिमिरेका अनुसार धानखेती गरिने जमिनको क्षेत्रफल घट्दै गएको छ । पाँचवर्ष अघि २०६९ सालमा चार हजार १५ हेक्टर जमिनमा धानखेती गरिएकामा यसवर्ष दुई हजार ५६२ हेक्टरमा मात्र धानखेती गरिएको थियो ।
विसं २०६९ मा १० हजार मेट्रिक टन, २०७० सालमा तीन हजार ६२ हेक्टर जमिनमा ६ हजार एक सय ८० मेट्रिक टन, २०७१ मा तीन हजार ६३ हेक्टरमा ६ हजार १९७ मेट्रिक टन, २०७२ मा तीन हजार ६३ हेक्टरमा ९ हजार ९७१ मेट्रिक टन र २०७३ मा दुई हजार ५६३ हेक्टरमा सात हजार ३९१ मेट्रिक टन धान फलेको थियो ।
“जलवायु परिवर्तनको असर, धानखेतीमा किसानको मेहनत तथा लगानी घट्दै गएका कारण उत्पादन घट्दै गएको छ,” घिमिरेले भन्नुभयो । कूल क्षेत्रफल दुई लाख २२ हजार २८१ हेक्टरमध्ये ३७ हजार दुई सय नौ हेक्टरमा मात्र खेती गर्ने गरिएको छ । एक लाख ८४ हजार ८२० हेक्टरमा जंगल रहेको छ भने दुई सय ५२ हेक्टरमा खोला, नदी र तालले ढाकेको छ । बाह्रैमहिना सिँचाइ सुविधा चार हजार ९७१ हेक्टर जमिनमा मात्र गर्न सकिन्छ । वर्षातका बेला आकासे पानीले सिँचाइ गर्न सकिने जमिन दुई हजार ९ सय ४२ हेक्टर रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...