ताजा समाचार

नेपालमा गाई काट्न पाउनुपर्ने अमेरिकाको माग, धार्मिक आयोगले जारी गर्‍यो यस्तो विज्ञप्ती

काठमाडौं, १९ मंसिर । अमेरिकाको एक सरकारी संस्थाले नेपालमा गाई काट्न पाउनुपर्ने माग राखेको छ । धार्मिक सद्भाव भडकाउने खासको माग गर्दै अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआइएरएफ) ले गाई काट्न वा त्यसको मासु उपयोग गर्न पाउनुपर्ने रिपोर्ट जारी गरेको हो । नेपालको संविधान २०७२ ले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको भए पनि यहाँ धार्मिक स्वतन्त्रता नभएको उसको रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टमा नेपालमा धर्म परिवर्तन गराउन नपाइने व्यवस्थालाई हटाउनु पर्ने, गाई काट्न वा त्यसका मासु उपयोग गर्न पाउने स्वतन्त्रता दिनुपर्ने उक्त अमेरिकी सरकारले नेपाल सरकारलाई दबाब दिन अमेरिकी अमेरिकी धार्मिक आयोगले सिफारिस दिएको छ ।

“यस संस्था संयुक्त राज्य अमेरिकी सरकारले नेपाललाइ धर्म परिवर्तन र गाईको व्यवहारलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको मापदण्डहरूअनुसार ल्याउन आफ्नो संवैधानिक र कानुनी निष्प्रभाव तुल्याउन वा परिवर्तन गर्न दबाब देओस् भन्ने सिफारिस गर्छ,” अमेरिकी धार्मिक आयोगका प्रतिवेदनमा भनिएको छ ।

अमेरिकाले चीनबाट भागेका तिब्बतीहरूलाई स्वतन्त्र रूपमा नेपाल हुँदै भारत जानका लागि नेपाललाई सुरक्षित आश्रय स्थल बनाउनका लागि समेत दबाब दिन उक्त आयोगले अमेरिकी सरकारसँग माग गरेको छ । नेपाल सरकारको धार्मिक स्वतन्त्रता र मानव अधिकारसम्बन्धि निर्णयहरूमा भारत र चीन सरकारको दबाबमा हुने गरेको आरोप लगाइएको छ ।

भारतीज जनता पार्टी (भाजपा) नेपाललाई हिन्दु राष्ट्र बनाउन लागेको भन्दै हिन्दुवादीहरूलाई अल्पसंख्यक धार्मिक समुदायप्रति हिंसा प्रयोग गर्ने, विदेभकारी व्यवहार गर्ने, धार्मिक रूपमा व्याख्या गर्ने र डरको वातावरण बनाउने तथा राष्ट्रमा गैर-हिन्दुलाई स्वागत नगर्ने भनेर उक्त अमेरिकी संस्थाले आरोप लगाएको छ ।

नेपालका बारेमा लेखिएको अंशहरूका सारांशको नेपाली अनुवाद

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org