ताजा समाचार

मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

रौतहट, १९ मंसिर । रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ ।स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो ।

रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा बेरिएर जीउ तीन टुक्रा बनेकोे कोपवा पिपरीया इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अरुणकुमार सिंहले बताउनुयभो । मृत्तक रामपतियाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org