ताजा समाचार

लाइसेन्स, पासपोर्ट भएकाले समेत भोट हाल्न पाउने !

काठमाडौं, १९ मंसिर । के तपाईसँग मतदाता परिचय पत्र नभएको भोट हाल्न नपाईने हो कि भन्ने सोच्नुभएको छ ? यदि हो भने तपाईसँग सवारी चालक अनुमति पत्र छ भने त्यसले पनि भोट हाल्न पाउनुहुनेछ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नपाएका मतदाताले पनि भोट हाल्न पाउने भएका हुन् ।

निर्वाचन आयोगले त्यस्ता मतदातालाई २०७० सालको मतदाता परिचयपत्र, राहदानी या सवारी चालक अनुमती पत्रसमेतको आधारमा मतदान गर्न दिइने व्यवस्था मिलाएको हो ।

त्यस्तै मतदाता नामावलीमा तथा मतदाता परिचय पत्रमा सामान्य त्रुटी फेला परेमा सानोतिनो भूलचुक मानि नागरिकतलाई मूल आधार लिई भोट हाल्ने व्ययवस्था मिलाउन पनि निर्वाचन आयोगले अनुरोध गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org