ताजा समाचार

डोनाल्ड ट्रम्पको ६ मुस्लिम राष्ट्रमाथि यात्रा प्रतिबन्धमा सर्वोच्च अदालतको समर्थन

एजेन्सी, १९ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्राभल ब्यानलाई अमेरिकी सर्वोच्च अदालतले समर्थन जनाएको छ । छ वटा मुस्लिम बाहुल्य रहेको देशमाथि यात्रा प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई समर्थन गर्दै अमेरिकी सर्वोच्च अदालतले त्यसलाई पूर्ण रुपमा लागु गर्न निर्देशन दिएको छ ।

तल्लो अदालतले यात्रा प्रतिबन्ध लागू गर्न रोक लगाएपछि ट्रम्प प्रशासनले गरेको आग्रहमा सर्वोच्च अदालतका नौमध्ये सात न्यायाधीशले स्वीकार गरेका हुन् । यद्यपि, चाड, इरान, लिबिया, सिरिया, सोमालिया र यमनमाथि लगाइएको यात्रा प्रतिबन्धसम्बन्धि निर्देशहरु अगाडी अझै पनि कानुनी चुनौतीहरु भने बाँकी नै रहेका छन् । जनवरीमा सत्ता सम्हालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध सम्बन्धि विवादास्पद नीतिका तीन प्रारुप जारी गरेका थिए ।

तल्लो अदालतका न्यायाधीसहरुले ‘मुस्लिमहरुमाथि प्रतिबन्ध’ को संज्ञा दिँदै यात्रा प्रतिबन्धलाई खारेज गर्ने निर्णय दिएका थिए ।राष्ट्रपति ट्रम्पको आदेशमा उत्तर कोरिया र भेनेजुएलाका केही सरकारी अधिकारीमाथि प्रतिबन्ध सामेल छ । यस प्रतिबन्धहरुमा भने तल्लो अदालतबाट अनुमोदन पाइसकेको छ । यस मामिलामा यही हप्ता सान फ्रान्सिस्को र रिचमण्ड अदालतमा सुनवाई हुनेछ ।

यही वर्षको जुनमा सर्वोच्च अदालतले ट्रम्पको प्रतिबन्धसम्बन्धि आदेशको पहिलो प्रारुपमा आशिंक मन्जुरी दिएको थियो । उक्त प्रारुपमा रहेको सबै शरणार्थीहरुलाई १२० दिनसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने फैसलालाई स्वीकार गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org