घरदेखि मतदानस्थलसम्म मतदाताको सुरक्षा व्यवस्था
वीरगञ्ज, २० मंसिर । बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न जाने मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । मत खसाल्न जाने मतदाताले प्रयोग गर्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतादाताले निर्धक्क तथा ढुक्क भएर मतदान गर्न सबै मतदातासँग पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आह्वान गर्नुभएको छ ।
मतदाता हिँड्ने बाटोभरि नेपाली सेना तथा प्रहरीको मोबाइल गस्ती टोलीले गस्ती गर्ने भएकाले मतदाता सुरक्षित मतदानस्थल पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको विश्वास दिलाउँदै प्रजिअ सिंहले मतदाताको मतदान गर्ने वातावरण बनिसकेकाले उत्साहपूर्र्वक मतदान गर्न आग्रह गर्नुभएको छ ।
शान्तिपूर्ण निर्वाचन गराउनु नै हाम्रो कर्तव्य भएकाले पर्साको सबै मतदान केन्द्रमा आवश्यक हातहतियार र बन्दोबस्तीका सामानसहित सुरक्षाकर्मी परिचालन गरिसकिएको बताइएको छ । मतदान केन्द्रमा नेपाल प्रहरी, त्यसभन्दा बाहिर सशस्त्र प्रहरी र नेपाली सेना रहने गरी तीन घेरामा निर्वाचन सुरक्षा व्यवस्था मिलाइएको भन्दै प्रजिअ सिंहले रासससँग भन्नुभयो, “मतदानस्थल मतदातालाई कुनै प्रकारको असुरक्षा नहोस् भनेर सबै ठाउँमा सुरक्षाकर्मीलाई उच्च सर्तकतामा राखिएको बताउनुभयो ।
मतदानस्थल र वरिपरि कुनै पनि अवरोध एवं अवाञ्छित गतिविधि हुन नदिन व्यापकरुपमा सशस्त्र प्रहरीको उपस्थित बाक्लो बनाइएको भन्दै मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले मतदाता हिँड्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाता निर्धक्क भएर मतदान गर्नेछन् । निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न पर्सामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी तथा नेपाली सेना गरी करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
पर्सा जिल्लामा रहेको १६७ मतदानस्थलमध्ये ७३ वटा मतदानस्थल अतिसंवेदनशील भएकाले त्यस्ता मतदानस्थलमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय सीमासँग जोडिएको कतिपय मतदानस्थलमा सुरक्षा चुनौती भए पनि त्यहाँ सुरक्षा व्यवस्था अति नै कडा पारिएकाले मतदाता सुरक्षित मतदान गर्ने वातावरण बनाइएको सुरक्षा अधिकारीको भनाइ छ ।
सीमावर्ती भारतसँग जोडिएको पर्सा जिल्लाको १०७ किमीमा पर्ने करिब दुई दर्जन सानोठूलो नाका भएकाले ती नाकाबाट आपराधिक प्रवृत्तिका व्यक्तिको प्रवेश हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी सो नाकामा भारतीय तथा नेपाली सुरक्षाकर्मीले विशेष निगरानी राखेको जनाइएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको पर्सा जिल्लामा दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भोलि बिहीबार विहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानका लागि मतदानस्थल र मतदाता हिँड्ने बाटोभरि सुरक्षा व्यवस्था अति कडा पारिएकाले आफ्नो अमूल्य मत खसाल्न पर्साका मतदाता आतुर रहेका छन् । मतदाता भन्छन्, “स्थानीय प्रशासनले यति ठूलो सुरक्षा व्यवस्था गरेकाले हामीहरु निर्धक्क भएर भोलि आफ्नो मताधिकारको प्रयोग गर्नेछौँ ।” रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...