ताजा समाचार

मतदातालाई प्रभावित गर्न रातारात पैसा बाँड्दै हिड्ने काँग्रेसका कार्यकर्ता पक्राउ

पर्वत, २० मंसिर । मतदातालाई प्रभावित गर्ने गरी रातारात पैसा बाँड्दै हिडेका कांग्रेसका एक कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा पर्वतको कुष्मा नगरपालिकामा पैसा बाँड्दै गरेका नेपाली काँग्रेसका कार्यकर्ता अर्जुन खनाललाई वाम गठबन्धनका कार्यकर्ताले रंगेहात पक्राउ गरेका हुन् ।

रातारात पैसा बाँड्दै हिँडेको आरोपमा बामगठबन्धनका कार्यकर्ताले मंगलबार साँझ कुष्मा नगरपालिका वडा नम्बर १२ ठूलीपोखरी, पौडेल चोकमा ४८ हजार रुपैँयासहित उनलाई कब्जामा लिएका हुन ।

बा ८१ प ५८८५ नम्बरको मोटरसाइकलमा पैसा बितरण गर्दै हिँडेको देखेपछि उनलाई कब्जामा लिएको स्थानीय मिलन सुबेदीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org