ताजा समाचार

मन्त्रि सुनिल थापा जिताउन पैसा बाड्दै हिडेका एक जना १ लाख ८९ हजार रुपैयाँसहित पक्राउ


धनकुटा, २० मंसिर । धनकुटामा राप्रपा उम्मेदवार तथा मन्त्री सुनिल थापाले निर्वाचन आचारसंहिताको व्यापक उल्लघंन गरेका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोलाकार घेराभित्र हलो चुनाव चिन्ह लिएर धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मन्त्री थापाले आचारसंहिताको व्यापक उल्लंघन गरेका हुन् ।

धनकुटामा आफ्ना दिवंगत पिता सूर्यबहादुर थापाले बनाएको भन्ने दावी गर्दै पञ्चायत कालको चर्चित छिन्ताङ काण्डका नायक सूर्यबहादुर थापाको फोटो राखेर पोष्टर छपाई पिताको प्रताप स्वरुप आफुले धनकुटेली मतदाताहरुबाट मत पाऊने दावा गरिरहेका छन् । मन्त्रि थापाले विशेष गरि मौन अवधिमा निर्वाचन आचार संहिताको व्यापक उल्लंघन गरिरहेका हुन् ।

१ महिना भन्दा बढी समय देखि धनकुटाका ठूलठूला पाँचवटा होटल पुरै आफ्नो तर्फबाट बुक गरी चारै तिरका कार्यकर्ताहरु भेला जम्मा पार्दै भोज भतेरको आयोजना गरेको पाईएको छ । त्यस्तै मौन अवधिको फाईदा उठाउँदै मतदाताहरुलाई आर्थिक प्रभाव पार्न आफ्ना प्रतिनिधिहरु मार्फत करोडौ रुपैयाँ वितरण गरिरहेको पाईएको जनाईएको छ । मंसिर १९ गते साँझ एक होटलबाट गत स्थानीय निर्वाचनमा धनकुटा नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा पराजित राजकुमार राईलाई सुनिल बहादुर थापाको तर्फबाट गाँऊमा मतदाता खरिद गर्नको लागि १ लाख ८९ हजार रुपैयाँसहित पक्राऊ गरिएको छ ।

पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालयमा निर्वाचन कसूर तथा सजाय ऐन बमोजिम कारबाही गर्न उजुरीसहित बुझाइएकोमा स्थानीय प्रशासनको संरक्षणमा तत्काललाई रिहा गरिदिने सहमति भएको छ । बरामद गरिएको रकम भने मूख्य निर्वाचन अधिकृतको जिम्मा राखि आवश्यक प्रमाणहरुको खोजी गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेति र प्रहरी उपरिक्षक सुदिप राजभण्डारी समेतले पञ्चायतकालका सरकारी उम्मेद्धार जस्तो गरि मन्त्रिलाई जसरी पनि जिताउने अभियानमा लागेको वाम गठबन्धनले आरोप लगाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org