ताजा समाचार

मौन अवधिमा चुनावी भेला गरेको भन्दै कांग्रेस उम्मेदवार थापा एमाले युवाको नियन्त्रणमा

इलाम, २० मंसिर । मौन अवधिमा चुनावी भेला गराएको भन्दै एमाले कार्यकर्ताले कांग्रेस उम्मेदवार केशव थापालाई नियन्त्रणमा लिएका छन् । इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली कांग्रेस उम्मेदवार केशव थापाले मौन अवधिमा पनि चुनावी भेला गराएको भन्दै एमाले कार्यकर्ताले सडकमै नियन्त्रणमा लिएका हुन् ।

नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठसहितलाई स्थानीय युवाले करिब २० मिनेट बाटो छेकेका हुन्। गाउँबाट इलाम बजारतिर फर्किंदै गरेका थापालाई स्थानीय युवाको समूहले अगाडिबाट गाडी तेस्र्याएर बाटो छेकेको प्रहरीले जनाएको छ।

उम्मेदवार थापाले भने आफू बिरामी हेर्न गाउँ गएको दाबी गरे। ‘बिरामी हेरेर फर्किंदै थियौं, युवाले बाटामा एकछिन एसोउसो गरे नि !’ थापाले भने। वडाध्यक्ष श्रेष्ठले सिङफ्रिङका राम रायको अनुरोधमा आफूहरू स्थानीय एक युवाको घरमा बिरामी हेर्न गएर फर्किंदै गर्दा एमालेका युवाले बाटोमा भेट्टाएको बताए। ‘टाउको दुखेका बिरामी रहेछन्, हेरेर फर्किंदै थियौं,’ वडाध्यक्ष श्रेष्ठले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org