ताजा समाचार

मतदातालाई पैसा बाँड्दै हिडेका एमाले उम्मेदवारका भाइ तीन लाख नगदसहित पक्राउ

पर्सा, २० मंसिर । पर्सामा एमाले उम्मेदवार राजकुमार गुप्ता रौनियारका भाई तीन लाख रुपैयाँसहित पक्राउ परेका छन् । मतदातालाई पैसा बाँड्दै हिंडेका उम्मेदवार गुप्ताका भाई अशोक कुमार रौनियारसहित एमालेका ३ कार्यकर्ता पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीले पर्साको क्षेत्र नम्बर ३ पर्ने पोखरीया नगरपालिका–९ सेमरबारी चोकबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकवलका उम्मेदवार गुप्ताका भाई अशोककुमार, बासुप्रसाद यादव, वृजेश रहेका छन्।

उनीहरु आज बिहान ना १ ह ९३३२ नम्बरको अटो रिक्सामा एमालेको मतपत्र लिएर गाउँतिर जाँदै गरेको बेला प्रहरीले उनीहरुलाई तीन लाख नगदसहित पक्राउ गरेको हो। सशस्त्र प्रहरीले उनीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org