भोलि २१ गते नगरवासीले नै फोहोर व्यवस्थापन गर्नुपर्छ
काठमाडौँ, २० मंसिर । काठमाडौँ महानगरपालिकाले भोलि २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन सबै महानगरवासीलाई घरबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न आग्रह गरेको छ । निर्वाचनमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको र कर्मचारीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने व्यवहारिक पक्षलाई ध्यानमा राखी उक्त निर्णय गरेको कामपाका सह–प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
फोहोर बाक्ने गाडी सञ्चालनका लागि अनुमति भए पनि टाढा रहेका कर्मचारी आउनका लागि समस्या हुने भएकाले नियमितजसो फोहोर संकलन गर्न नसकिने कामपाले जनाएको छ । केही कर्मचारीलाई आउन सहज भए पनि सबै कर्मचारी आउन नसक्ने भएकाले सबै ठाउँको फोहोर संकलन हुन नसक्ने जनाइएको छ ।
नगरवासीले जथाभावी फोहोर फाल्दा मतदातालाई समेत समस्या हुने भएकाले उक्त दिन फोहोर व्यवस्थापन गर्न कामनपाले आग्रह गरेको हो । हरेक दिन कामपाबाट पाँच सय टन फोहोर संकलन हुनेगरेको छ । उक्त दिन निस्कने सबै फोहोर व्यवस्थापनका लागि कामपाले भोलिपल्टै कर्मचारी खटाउने पनि वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले बताउनुभएको छ । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...