ताजा समाचार

शिवपुजन राय यादवले चुनाव लड्न नपाउने, सर्वोच्चले दिएन् अन्तरिम आदेश

काठमाडौं, २० मंसिर । सर्वोच्च अदालतले सर्लाही ४ मा वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेजीको सम्वन्धमा परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने फैसला दिएको छ। मतदानको अघिल्लो दिन बुधबार सर्वोच्च अदालतले रायको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अब मुद्दाको अन्तिम फैसला नहुँदासम्म रायको उम्मेदवारी खारेज गर्ने निर्णय कायमै रहनेछ ।

न्यायाधीश दीपकराज जोशी र डम्बबहादुर शाहीको इजलासले दुबै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो । पहिलो संविधानसभामा फोरमबाट सभासद रहेका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।

यो पटक माओवादीबाट उम्मेदवार बनेका उनीविरुद्ध स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगमा उजुरी दिए । तर, सुनुवाई नभएपछि उनीहरु सर्वोच्चमा गए । तर, सर्वोच्चमा लिखित जवाफ दिनु अघि नै आयोगले उनको उम्मेदवारी खारेज गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org