ताजा समाचार

पैसा बाँड्न आएको भन्दै स्थानीयले माधव नेपालका भान्जाको हात बाँधेर पठाए

काठमाडौं, २० मंसिर । मतदाता प्रभावित गर्न पैसा बाड्न आएको भन्दै एमाले नेता माधव कुमार नेपालका भान्जामाथि हातपात गरिएको छ । बुधबार दिउँसो नाङ्लेभारेमा निर्वाचन आचारसंहिता विपरित पैसा बाड्न आएको भन्दै स्थानीयले नेपालका भान्जा नितेश पौडेलको हात बाँधेर पठाएका हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ स्थित नाङ्लेभारेको लामाटोलमा नेपालको स्वकिय सचिब, उमेदवार नेपालको आफ्नै भान्जा नितेश पौडेल र नेकपा एमालेका केही कार्यकर्तालाई गाउँलेहरुले गाउँबाट भगाएका हुन् ।

सोझासाझा जनतालाइ प्रोलभनमा पार्ने उद्देश्यले अघिल्लो रात नै गाउँ बसेको र बैठक गर्दै गरेको खबर पाएपछि उक्त स्थानमा पुगेका स्थानिय अगुवाहरुले उनीहरुलाई गाउँबाट भगाएका हुन् । स्थानिय अगुवाहरु त्यहाँ पुग्दा उनीहरुको हातमा पछाडीबाट डोरीले वाँधेको थियो।

स्थानियहरुले आफूहरुलाई प्रलोभनमा पार्न पैसाको अफर गरेपछि उनीहरुलाई हात बाँधेर राखेको एक स्थानीय श्याम महर्जनले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org