ताजा समाचार

आफ्नै वडाबाट पहिलो पटक भोट हाल्दै प्रचण्डले भने, ‘समृद्धिको यात्रा सुरु भयो’

चितवन, २१ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहानै मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट बिहान सात बजे नै मतदान गरेका हुन् ।

मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा अगाडि बढेको बताए । देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ छ। शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको उनले बताए ।

उनले देशमा वामपन्थीको नेतृत्वमा सरकार बन्ने पनि बताए । प्रचण्डले सबैलाई ऐतिहासिक चुनावमा सहभागी हुन अपिल पनि गरे । प्रचण्ड चितवन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । भोट हाल्न पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहालसँगै मतदान केन्द्रमा गएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org