ताजा समाचार

गोबरगाढाबाट हेलिकप्टरमा मतपेटिका ल्याइयो

 

 

राजविराज, २२ मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढामा निर्वाचन सम्पन्न भएपछि मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ ।सुरक्षाको दृष्टिले समेत अति संवेदनशील रहेको उक्त मतदान केन्द्रबाट राजविराजस्थित भीमदल गणको नेपाली सेनाको हेलिकप्टरले सुरक्षित साथ मतपेटिका ल्याएको नेपाली सेनाले जनाएको छ ।

कोशी टप्पुमा अवस्थित रहेको, वरीपरी नदीले घेरिएको र भौगोलिक विकटताका कारण त्यहाँबाट मतपेटिका ल्याउन समस्या भइरहेका कारण नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले राससलाई बताउनुभयो । त्यहाँ कूल ५७६ मतदाता छन् ।

यसैबीच, सप्तरी जिल्लाको सबै ठाउँको मतपेटिका आज बिहानसम्म सप्तरी सदरमुकाम राजविराज ल्याइसकेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले राससलाई जानकारी दिनुभयो । मतपेटिका भने राजविराजस्थित गजेन्द्रनारायण सिँह औद्योगिक क्षेत्रमा राखिएको र हालसम्म मतगणना शुरु नभएको जिल्ला मुख्य निर्वाचन कार्यालयबाट जानकारी प्राप्त भएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org