ताजा समाचार

निर्वाचन मतगणना अपडेटः बाम गठबन्धन ८ स्थानमा विजयी हुँदा कांग्रेस १ सीटमा विजयी

काठमाडौं, २२ मंसिर । पहिलो चरणको निर्वाचन भएका जिल्लामा मत परिणाम सार्वजनिक हुन थालेका छन् । मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी जिल्लाको मत परिणाम सार्वजनिक हुन थालेको हो । अहिले सम्मको मत परिणाम अनुसार वाम गठबन्धन अगाडि देखिएको छ ।

वाम गठबन्धनले अहिलेसम्म ८ स्थानमा विजयी भईसकेका छन् । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन अहिलेसम्म एक स्थानमा मात्रै विजयी भएको छ । लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भने अहिलेसम्म खाता खोल्न सकेको छैन् ।

प्रदेशसभा तर्फ भने मनाङ क मा विजयी भएको छ । कांग्रेस उम्मेदवार चिन्तबहादुर घले ९ सय ९८ मत ल्याएर विजयी भएका छन् । उनले एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले पराजित गरेका छन् ।

त्यस्तै वाम गठबन्धन अन्र्तगतको नेकपा एमालेले भने पाँच क्षेत्रमा विजयी भएको छ । एमाले प्रदेशसभा तर्फ तीन र प्रतिनिधिसभा तर्फ दुई गरी पाँच क्षेत्रमा विजयी भएको हो । त्यस्तै माओवादी केन्द्रले प्रदेशभातर्फका २ सिट जितेको छ भने प्रतिनिधिसभातर्फ १ सीटमा विजयी भएको छ ।

अग्रताको हिसावले पनि वाम गठबन्धन नै अगाडि रहेको छ । वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा तर्फ गरी दुवैमा ७४ स्थानमा अग्रता लिईरहँदा नेपाली कांग्रेसले भने ८ स्थानमा अग्रता लिईरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org