ताजा समाचार

गोरखा २ मा बाबुराम भट्टराईले मतान्तर १५ सयले बढाए

गोरखा, २२ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईले मतान्तर बढाउँदै लगेका छन् । सबैको ध्यान खिचिरहेको गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा बाबुराम भट्टराईले निकटतम प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठलेभन्दा १ हजार ५ सय ७६ मतको अग्रता लिएका छन्।

चुनावको इपिसेन्टरमा मानिएको गोरखा दुईमा प्रतिस्पर्धा गरिरहेका दुवै एकसाथ माओवादीमा संलग्न थिए । कुनै समय माओवादीको शीर्ष तहमा रहेकाले यहाँको चुनावलाई धेरैले निहालिरहेका छन्।

पछिल्लो मत परिणाम अनुसार बाबुराम भट्टराई ८ हजार ७ सय ९५ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नारायणकाजी श्रेष्ठले ७ हजार २ सय १९ मत ल्याएका छन्। गोरखा १ मा भने प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मत परिणाम अगाडि देखिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org