ताजा समाचार

म्याग्दीको प्रदेशसभा ‘ख’मा एमालेबाट पहिलो महिला उम्मेदवार नरदेवी पुन विजयी

ग्याग्दी, २२ मंसिर । म्याग्दीको प्रदेशसभा ‘ख’मा एमाले उम्मेदवार नरदेवी पुन विजयी भएकी छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ पुनले १० हजार ८६८ मत ल्याएर जित हात पारेकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत पाएको म्याग्दीका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

पुनसँग फगामी २ हजार ८७८ मत अन्तरले पराजित भएका हुन् । त्यस्तै म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख र प्रतिनिधिसभा सदस्यमा पनि वाम गठबन्धनका उम्मेद्वार नै अघि छन् ।

दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेकी ४७ वर्षिय पुन एमाले अध्यक्ष प्रधानमन्त्री हुँदा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी थिईन् ।

समाजशास्त्री र राजनीतिमा स्नाकोत्तर गरेकी पुन वि.स २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका गोविन्द पौडेल र २०५६ को संसदीय चुनावमा कांग्रेसका नारायण सिंह पुनसँग पराजित भएकी थिईन् । शिक्षकको स्थाइी जागिर छाडेर राजनितिमा होमिएकी पुन म्याग्दीको संघर्षशिल महिला नेतृ मानिन्छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org