ताजा समाचार

दाङ-२ मा कृष्ण महरा र शंकर पोखरेलको अग्रता, हेर्नुहोस् पछिल्लो नतिजा

दाङ, २२ मंसिर । दाङ क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णबहादुर महरा र प्रदेश (क) मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् ।

२९३६ मत गणना हुँदा महराले १५८२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले १०७३ मत पाएका छन् । यस्तै यो क्षेत्रमा नयाँ शक्तिका गगन शाहले २०, राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्यले १२ र नेकपा मालेका भोजबहादुर विकले ९१ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेश (क) मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् । उनले १६९६ मत प्राप्त गरेका छन् भने कांग्रेसका कमलकिशोर घिमिरेले ९९३ मत ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org