ताजा समाचार

बागलुङमा मतान्तर बढाउँदै वाम गठबन्धन

 

बागलुङ, २२ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिइरहनुभएको छ । पाठकले १४ हजार ९१२ मत प्राप्त गर्नुभएको छ भने खड्काले ९ हजार ८७० मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा पनि वाम गठबन्धनका उम्मदेवार नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पछि पार्दै शुरुदेखि नै अग्रता लिइरहनुभएको छ । पौडेलले १० हजार ७४९ मत प्राप्त गर्नुभएको छ भने पुनले ८ हजार ५५३ मत लिनुभएको छ । प्रदेशसभातर्फका चारवटै क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org