ताजा समाचार

ललितपुर १ मा नवराज सिलवालको अग्रता, कांग्रेसका उदयशमसेर पछ्याउँदै

ललितपुर, २२ मंसिर । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पुर्व डिआइजी सिलवालले ४७७ मत पाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका उदयशमसेर जबराले ४१४ पाएका छन् ।

नेपाल प्रहरीको आइजिपी बन्न नपाएपछि डिआइजीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका सिलवाललाई पार्टी प्रवेश लगत्तै टिकट दिइएको थियो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय गरेको भन्दै जनताको मतबाट बदला लिने उनले बताउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org