ताजा समाचार

म्याग्दीको मतगणना सम्पन्नः प्रदेश र प्रतिनिधिसभा दुवैमा वाम गठबन्धन विजयी

म्याग्दी, २२ मंसिर । म्याग्दीको सबै मतगणना कार्य सकिएको छ । मंसिर १० गते पहिलो चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा चुनावको मतगणना सकिएको हो । प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट एमालेका उम्मेदवार भुपेन्द्र थापा विजयी भएका छन् ।

उनले २३ हजार ३ सय ८ ल्याउँदा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९ सय ८० मत प्राप्त गरे । वाम गठबन्धनका उम्मेदवार थापा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गर्बुजा भन्दा २ हजार ३ सय २८ मतले बढि ल्याएर विजयी भएका हुन् । कुल ७५ हजार ५ सय ३७ मतदाता रहेको म्याग्दीमा ४७ हजार ४ सय ४९ मत खसेको थियो ।

त्यस्तै प्रदेशसभा (क) मा माओवादी केन्द्रका विनोद केसी विजयी भएका छन् । उनले १४ हजार ७ सय ४ मत प्रापत गरेर विजयी हुँदा लोकतान्त्रिक मोर्चाबाट राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १ सय ७५ ल्याए । केसीले गौचन भन्दा २ हजार ५ सय ५९ मत बढी ल्याएका हुन् । त्यस्तै प्रदेशसभा (ख) तर्फ वाम गठबन्धनबाट नरदेवी पुन १० हजार ८ सय ६८ मत ल्याएर विजयी भएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org