ताजा समाचार

कांग्रेसले सबैभन्दा सुरक्षित रुपमा लिएको मुगुमा एमालेका गोपाल बम विजयी

मुगु, २२ मंसिर । मुगुबाट प्रतिनिधिसभा तर्फ एमाले उम्मेदवार विजयी भएका छन् । एउटा मात्रै क्षेत्र रहेको मुगुमा वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष गोपालबहादुर बम विजयी भएका हुन् ।

बमले कांग्रेसका हस्तबहादुर मल्ललाई ३ हजार १ सय ७३ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् । बमले १३ हजार ३४ मत ल्याए भने कांग्रेसका मल्लले ९ हजार ८६१ मत प्राप्त गरेका छन् । कांग्रेसले मुगुलाई प्रदेश नम्बर ६ को सबैभन्दा सुरक्षित जिल्लाका रुपमा लिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org