ताजा समाचार

बझाङको मतगणना सम्पन्नः पुरै जिल्लामा वाम गठबन्धन विजयी

बझाङ, २२ मंसिर । बझाङ जिल्लाको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको बझाङमा वाम गठबन्धन विजयी भएको छ । ७ नम्बर प्रदेशमा सबैभन्दा पहिलो सम्पन्न मतपरिणाम अनुसार प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएका हुन् । प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भैरव बहादु सिंह विजयी भएका छन्।

उनले नेपाली कांग्रसका उम्मेदवार पृथ्वी बहादुर सिंहलाई ७ हजार ७ सय २ मतले पराजित गरेका छन्। बिजयी उम्मेदवार नेकपा एमालेका भैरवले ३४ हजार ६ सय १२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी पृथ्वीले २६ हजार ९ सय १० मत ल्याएका छन्।

प्रदेशसभा ‘क’ मा एमाले विजयीः
प्रदेश सभा क मा नेकपा एमालेका अर्जुन बहादुर थापा १७ हजार ८ सय ६८ मत ल्याएर बिजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चन्द्रदेवी जोशीले १३ हजार १ सय ९९ मत ल्याएका थिए।

प्रदेशसभा ‘ख’ माओवादी केन्द्र विजयीः
प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल १६ हजार ७ सय ४३ मत ल्याएर विजयी भएकी छिन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत प्राप्त गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org