ताजा समाचार

कञ्चनपुरको पछिल्लो मत परिणाम: बीना मगर, नर बहादुर धामी र दिपक भट्टको अग्रता

कञ्चनपुर, २२ मंसिर । कञ्चनपुरमा पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ । मंसिर २१ गते सम्पन्न दोस्रो चरणको निर्वाचन अन्तर्गत कञ्चनपुरमा मतगणना जारी रहेको हो । पछिल्लो मत गणनाअनुसार वाम गठबन्धन अगाडि देखिएको छ ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ बीना मगरले अग्रता लिएकी छन् । बीनाले ३ सय ७६ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका दिवान विष्टको १ सय ९४ मत ल्याएका छन् । त्यस्तै क्षेत्र नम्बर २ मा एमालेका नर बहादुर धामीले ९ सय २५ मत ल्याउँदा कांग्रेसका एन पि साउदले ६४१ मत ल्याएका छन् ।

सबैभन्दा चाँसोका साथ हेरिएको अर्को क्षेत्र नम्बर ३ मा पनि कांग्रेस नेता रमेश लेखक भन्दा माओवादी केन्द्रका नेता डा. दिपक प्रकाश भट्ट ३३ मतले अगाडि छन् । भट्टले ११६६ मत ल्याउँदा लेखकले ११३३ मत ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org