ताजा समाचार

बाजुराका दुवै प्रदेशसभामा एमाले उम्मेदवार विजयी, बलदेव र प्रकाश शाह बने प्रदेश सांसद्

बाजुरा, २२ मंसिर । बाजुराका दुवै प्रदेशसभामा एमाले उम्मेदवार विजयी भएका छन् । बाजुर प्रदेशसभा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका बलदेव रेग्मी बिजयी भएका छन् । रेग्मीले ९ हजार ८४० मत प्राप्त गरी बिजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज गिरीले ८ हजार ३११ मत प्राप्त गरेका छन् । रेग्मी पहिलो पटक चुनावी मैदानमा उत्रिएका थिए भने गिरी कांग्रेसका पूर्व सांसद हुन् ।यसअघि प्रदेशसभा २ बाट पनि एमालेकै प्रकाश शाह चार हजार मतान्तरले बिजयी भइसकेका छन् । प्रतिनिधिसभामा पनि एमालेकै लालबहादुर थापा ४ हजार मतले अगाडि छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org