ताजा समाचार

वियजी भएपछि गगन थापाको प्रतिक्रिया, ‘ओली ज्यू प्रधानमन्त्री हुँदा अहंकार नहरोस्’

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यमा विजयी गगन थापाले सबै मतदाताहरुलाई धन्यवाद दिएका छन् । काठमाडौं ४ बाट प्रतिनिधिसभामा विजयी थापाले मतदाताहरुलाई धन्यवाद दिदैं अबको पाँच वर्षसम्म आफ्नो पूर्वप्रतिवद्धता अनुसार नै काम गर्ने बताएका छन् । सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने थापाको भनाई छ ।

गगन थापाले समग्र चुनावी परिणाम भने कांग्रेसका लागि ‘ठूलो दुर्घटना’ प्रतिक्रिया दिएका छन् । समग्र चुनावी परिणामबारे सोधिएको प्रश्नमा उनले भने, ‘यसबारे अहिले नै हल्का ढंगले प्रतिक्रिया दिन्नँ । यो कांग्रेसका लागि ठूलो दुर्घटना हो । उनले अब कांग्रेस यसरी नचल्ने बताए ।

उनले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री भन्दै चपली बम विस्फोटका घाइतेलाई भेट्न आग्रह गरे । बम विस्फोट प्रायोजित हुनेसक्ने भन्दै ओलीले भनेकोमा उनले खेद प्रकट गर्दै भने, ‘यो अहंकार प्रधानमन्त्रीका रुपमा नरहोस् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org