ताजा समाचार

धादिङमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्नः बामगठबन्धनका सबै उम्मेदवार विजयी

धादिङ, २३ मंसिर । प्रतिनिधि सभाको दुई र प्रदेश सभाको ४ क्षेत्र रहेको धादिङको प्रत्यक्ष तर्फको मत गणना सकिएको छ । धादिङको प्रतिनिधी सभा र प्रदेश सभाकामा सबै सदस्यहरुमा वाम गठबन्धन विजयी भएका छन् ।

धादिङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा सबै भन्दा धेरै मतान्तरमा वाम गठबन्धनका नेता तथा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी ४९ हजार ४२१ मत ल्याउँदै काँग्रेसका विश्व अर्याललाई पराजित गरेका थिए । प्रतिद्वन्दी अर्यालले २१ हजार ९६८ मत ल्याएका थिए ।

कडा प्रतिस्पर्धा देखिएको धादिङ प्रतिनिधी सभा र प्रदेश सभामा पनि वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रत्यक्ष तर्फको मतगणना सकिएसँगै समानुपातिकको मत गणनाको लागि तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

विजयी उम्मेदवार र प्रतिद्वन्दी उम्मेदवार
धादिङ प्रतिनिधी सभा क्षेत्र नम्बर १ः
विजयी उम्मेदवारः नेकपा एमाले भुमी त्रिपाठी प्राप्त मत ४९४२१
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस विश्व अर्याल २१९६८

धादिङ प्रदेशसभा क्षेत्र नम्बर १ को (१) माः
विजयी उम्मेदवारः नेकपा एमाले राजेन्द्र प्रसाद पाण्डे प्राप्त मत २७,३३२
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस मधुकुमार श्रेष्ठ १३, ६४७

धादिङ प्रदेशसभा क्षेत्र नम्बर १ को (२):
विजयी उम्मेदवारः माओवादी केन्द्र शालिकराम जमकट्टेले प्राप्त मत २३३८२
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रस प्रभात किरण सुवेदी १०४०७

धादिङ प्रतिनिधी सभा क्षेत्र नम्बर २ माः
विजयी उम्मेदवारः नेकपा एमाले खेमप्रसाद लोहनी प्राप्त मत ३६५५३
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रस दिलमान पाख्रिन प्राप्त मत ३५६१४

धादिङ प्रदेशसभा क्षेत्र नम्बर २ को (१):
विजयी उम्मेदवारः नेकपा एमाले डा. रामकुमार अधिकारी प्राप्त मत २०,३६८
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस रमेश धमला १९०१४

धादिङ प्रदेशसभा क्षेत्र नम्बर २ को (२):
विजयी उम्मेदवारः माओवादी केन्द्र जगत सिंखडा प्राप्त मत १७६०५
प्रतिद्वन्दी उम्मेदवारः राप्रपा डम्बर तामाङ १०४०७

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org