ताजा समाचार

दाङ क्षेत्र नम्बर २ (क) मा वाम गठबन्धनका शंकर पोखरेल विजयी

दाङ, २३ मंसिर । प्रदेशसभातर्फ दाङ क्षेत्र नम्बर २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल विजयी भएका छन् । एमाले स्थायी कमिटी सदस्य रहेका पोखरेल २० हजार ७२३ मत ल्याई विजयी भएका हुन् ।

पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत प्राप्त गरे । कुल ५१ हजार ७ सय मतदाता रहेको प्रदेशसभा २ (क) मा ३५ हजार ५४२ मत खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org