ताजा समाचार

मुख्यमन्त्रीका दावेदार महेन्द्र शाही कालीकोट प्रदेश (ख) बाट विजयी

कालीकोट, २३ मंसिर । प्रदेश ६ का मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाही कालीकोट (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । बिनाविभागीय मन्त्रीसमेत रहेका शाही १२ हजार १५३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका कालिबहादुर शहकारीले ९ हजार ३४२ मत ल्याएर पराजित भएका छन् ।

शाहीले शहकारीलाई २८ सय ११ मतको अन्तरले पछाडि पारेका हुन् । प्रदेश (ख) मा २३ हजार ७७८ मत खसेको थियो । यस्तै कालीकोट प्रदेश (क) मा वाम गठबन्धनकै उम्मेदवार एमालेका कुर्मराज शाही ७ हजार १४६ मतान्तरले विजयी भएका छन् ।

उनले ११ हजार ९३५ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका टेकराज शाहीले ४ हजार ७८९ ल्याएका थिए । यहाँ १९ हजार ०६३ मत खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org