ताजा समाचार

सोलुखुम्बु सबैमा वाम गठबन्धन विजयी

सोलुखुम्बु, २३ मंसिर । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहनुभएका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी हुनुभएको छ । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याउनुभएको छ ।

प्रदेशसभा क मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी हुनुभएको छ । बस्नेतले काँग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गर्नुभएको हो । बस्नेतले १० हजार ६६७ र कार्कीले आठ हजार ८४६ मत ल्याउनुभएको छ । प्रदेशसभा ख मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी हुनुभएको छ । राजभण्डारीले काँग्रेसका पूर्वजिल्ला सभापति समेत रहनुभएका नेता आङगेलु शेर्पालाई पराजित गर्नुभएको हो । राजभण्डारीले १० हजार ३८७ र शेर्पाले सात हजार ९२९ मत प्राप्त गर्नुभएको छ । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org