नेम्वाङको चार पटक निर्वाचन यात्रा
इलाम, २४ मंसिर । इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवास नेम्वाङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव थापालाई नौ हजार ६५४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा चौँथो पटक विजयी हुनुभएको छ । नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी थापाले २६ हजार ८६० मत प्राप्त गर्नुभयो ।
नेम्वाङले नेपालका संविधानसभाका दुईवटै निर्वाचनपछि गठित संविधासभाको अध्यक्ष भई संविधान जारी गर्न मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्को सभामुख बन्नुभएका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाउनुभएको थियो । इलामबाट २०५६ सालको संसदीय निर्वाचनमा विजय भएपछि उहाँले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षको समेत भूमिका निर्वाह गर्नुभएको थियो ।
हाल नेकपा एमाले संसदीय दलका उपनेतासमेत हुनुभएका नेम्वाङ कसैलाई नहोच्याउने, नम्र र मिजाजिलो स्वभावका हुनुहुन्छ । उहाँले संविधान बनाउनका लागि सबैको सहकार्य अपरिहार्य रहनेमा जोड दिँदै आउनुभएको छ ।
नेकपा ९एमाले०को केन्द्रीय सदस्य र कानून विभाग प्रमुख रहनुभएका नेम्वाङले २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसका कुलबहादुर गुरुङ, २०६४ को संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका केशव थापा र २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई पराजित गर्नुभएको थियो । कानून व्यवसायीका रूपमा परिचित र प्राध्यापन पेशामा समेत संलग्न भइसक्नुभएका नेम्वाङले नेपाल बार एशोसिएसनको महासचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।
विसं २०२९ मा अनेरास्ववियुका तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै उहाँ राजनीतिमा निरन्तर क्रियाशील रहनुभएको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभएका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो । नेपाल ल क्याम्पसमा २०३५ सालदेखि २०५१ सम्म उहाँले प्राध्यापन गर्नुभएको थियो ।
आफ्नै पहलमा संविधान जारी भएको बताउँदै नेम्वाङले अब देश र जनताको विकास र समृद्धिका लागि ठोस योजना ल्याउनेमा जोड दिनुभयोे । “सबैको साथ र सहयोगमा निर्वाचनमा विजयी भइयो, अब जनताको हित र विकासको काम गर्नेछु”, उहाँले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...