ताजा समाचार

प्रदेश २ मा मधेशवादी दलको सरकार बन्ने पक्का, को होला मुख्यमन्त्री ?

काठमाडौं, २४ मंसिर । २ नम्बर प्रदेशमा मधेशवादी दलले प्रदेश सरकार बनाउने संकेत देखिएको छ । देशभर वाम गठबन्धनले अग्रता तथा विजयी भईरहेका बेला २ नम्बर प्रदेशमा भने मधेशवादी दल हाबी भईरहेका छन् । मधेशवादी दल र मधेशी जनताको बाहुल्यता रहेको २ नम्बर प्रदेशमा अब राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरमको संयुक्त सरकार बन्नेछ ।

अहिले सम्मको नतिजा अनुसार २ नम्बर प्रदेशमा मधेशवादी दलहरुले प्रदेश र प्रतिनिधिसभा दुवै तर्फ १४ सीटमा विजय हासिल गरेका छन् । संघीय समाजवादी फोरमले ६४ सीट रहेको प्रदेशसभा तर्फ ६ सीटमा विजय हासिल गरेको छ भने ४ स्थानमा अग्रता लिएको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २ सीटमा जित र ६ सीटमा अग्रता कायम राखेको छ ।

३२ सीट रहेको प्रतिनिधिसभा तर्फ संघीय समाजवादी फोरम र राजपाले समान ३/३ क्षेत्रमा विजयी र ८/८ क्षेत्रमा अग्रता कायम राखेका छन् । यस हिसावले हेर्दा २ नम्बर प्रदेशमा फोरम र राजपाको संयुक्त सरकार बन्नेछ । केन्द्रमा बाम गठबन्धनको नेतृत्वमा आगामी सरकार बन्ने देखिएपनि २ नम्बर प्रदेशमा भने मधेशवादी दलको सरकार बन्ने लगभग पक्का छ । त्यस्तै, प्रदेश २ बाहेक अन्य प्रदेशमा पनि प्रादेशिक सरकार बाम नेतृत्वमा गठन हुने लगभग पक्का छ । नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकारको नेतृत्व गर्न नपाउने देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org